७ वैशाख, काठमाडौं । नेकपा एमालेसम्बद्ध युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य अञ्जन भट्ट नयाँ शक्ति नेपालमा प्रवेश गरेका छन् ।
भट्टले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै एमाले पार्टीका सबै जिम्मेवारी त्यागेर नयाँ शक्तिमा आबद्ध भएको जानकारी दिएका हुन् ।
नयाँ राजनीतिक संस्कार, नविनतम सोच र देशको आर्थिक उन्नतिमा केन्द्रीत वैकल्पिक राजनैतिक शक्तिको आवश्यकता महशुस गरी आफु नयाँ शक्तिमा लागेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले देशलाई आर्थिक विकासको बाटोमा अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4