१४ वैशाख, कालीकोट । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफ्नो दल विशेष अधिकार सहितको कर्णाली प्रदेशको पक्षमा रहेको बताएका छन् ।
एमाले कालीकोटको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले कर्णालीको विकास र समृद्धिका निम्ति राज्यबाट फरक खालको योजना बनाउन जरुरी रहेकाे बताए ।
कार्यक्रममा युवा नेत्री रामकुमारी झांँक्री सहितका नेताहरुले अधिवेशनको शुभकामना दिएका थिए ।
पार्टी जिल्ला अध्यक्षका लागि नेसनल शाही, धीरबहादुर विष्ट, तुलाराज सिंखडा, विश्वराज बम र भरतराज धिताल आकाङ्क्षी छन् ।
रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4