+
+

भूकम्पमा दिवंगतको स्मरणमा अष्ट्रेलियामा दिप प्रज्वलन

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १५ गते ९:२२
parth_earthquek_remember (2)पर्थ । गत बर्षको बिनासकारी भूकम्पमा दिबङत भएका आत्माहरुको बर्ष दिनको सम्झना गर्दै पर्थबासी नेपालीले गएको सोमबार दिप प्रज्वलन गरी हार्दिक श्रद्धाञ्जलि अर्पण गरे।
पर्थको च्यारिटी संस्था ‘वी केयर नेपाल इन्कको स्थापनाको पहिलो बर्षको अबसरमा अायोजना भएको सो कार्यक्रममा उपस्थित समुदायका सदस्यहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधी र नेपालबाट आएका भएका अभिभावकहरुले बर्जउड स्थित गो एड्वार्ड पार्कमा भूकम्पबाट ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै मौनधारण गरेका थिए।
parth_earthquek_remember (1)कार्यक्रममा बैशाख १२ गतेलाई सम्झदै वी केयर नेपालले प्रस्तुत गरेको भुकम्प बिशेष अडियो सामाग्री प्रस्तुत भइ रहदा धेरैको गह आशुले भरिएको थियो।  त्यस्तै सर्जक प्रकाश गौतम र निरज क्षेत्रीको भुकम्प सम्बन्धी मन छुने रचनाले सबैलाई केही क्षण स्तब्ध बनायो। कार्यक्रममा नेपाललाई सम्झदै केही राष्ट्रिय गीतहरु समेत गाइएका थिए। अन्त्यमा उपस्थित सबैले दिप प्रज्वलन गरी मृतक आत्माहरुको चिर शान्तीको कामना गरेका थिए।
सोही कार्यक्रममा बोल्दै नावाका अध्यक्ष आङ दावा जे शेर्पा र एन आर एन ए पूर्व आइ सी सी सदस्य भैरब ढकालले भुकम्पका बेला नेपाललाई सहयोग गर्नु हुने सम्पूर्ण पर्थबासी नेपाली र संघ संस्थालाई धन्यवाद दिदै भबिश्यमा आउने हरेक बिपत्तीहरुमा सबै एक भएर अघी बढ्न आग्रह समेत गरे।
parth_maundharanभूकम्प गए लगतै नेपालमा सहयोग गर्ने उधेश्यका स्थापना भएको वी केयर नेपाल इन्कले गएको एक बर्षमा गरेका कामहरुको प्रगती विवरण समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो। सस्थाका सदस्य उज्ज्वल केसीले गएका दिनहरुमा आफूहरुलाई सहयोग गर्ने पर्थका सबै संघ संस्था, ब्यवसाय र ब्यक्तीहरुलाई अन्त्यमा धन्यवाद ब्यक्त गरेका थिए।
वी केयर नेपाल इन्कले गएको एक बर्षमा पर्थबाट मात्रै झन्डै ३८ हजार अष्ट्रेलियन डलर सन्कलन गरेको थियो। अर्थ सन्कलन मध्यबाट १० हजार डलर भुकम्प पस्चात तत्कालै राहत र बिधालय निर्माणमा संस्थाले सदुपयोग गरेको थियो भने बाकी रकम पुन प्रभाबित क्षेत्रमा बिधालय निर्माण र अन्य दिर्घकालिन पारीयोजनाहरुमा उपयोग गर्न हाल सस्था कृयाशिल छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?