काठमाडौं । घुम्नका लागि विश्वका उत्कृष्ट गन्तव्यमा नेपालको काठमाडौं पनि परेको छ । यात्रा सम्वन्धी अनलाइन ट्रिप एडभाइजरले विश्वका उत्कृष्ट गन्तव्य गन्तव्यको सूची जारी गरेको छ ।
जसमा २३ औं नम्बरमा नेपाल छ । यो सूचीमा दक्षिण एसियाबाट काठमाडौं मात्र परेको छ । विनाशकारी भूकम्प गएको एक वर्षसम्म पनि नेपालका सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरु निर्माण हुन सकेको छैन । यस्तो काठमाडौं घुम्नका लागि विश्वका उत्कृष्ट गन्तव्य गर्दा पर्यटन उद्योगलाई टेवा पुग्ने अपेक्षा छ ।
सूचीको पहिलो नम्बरमा बेलायतको शहर लण्डन छ । अष्ट्रेलियाको सिड्नी नेपाल भन्दा पछाडि २४ औं नम्बरमा छ । हंगेरीको बुडापेस्ट २५ औं नम्बरमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4