२० वैशाख, काठमाडौं । सरकारले चिनी उद्योगबाट उत्पादन हुने बिजुली किन्ने प्रक्रिया सुरु गरेको छ ।
बिजुली खरिदका लागि विद्युत विकास विभागले उद्योगीसँग प्रस्ताव मागेको आजको कारोबार दैनिकले जनाएको छ । विभागले १५ दिनभित्र प्रस्ताव पेश गर्न उद्योगीलाई भनेको छ ।
क्रसिङको समयमा उखुको बोक्रा (बगास) बाट उत्पादन हुने विद्युत आपूर्तिका लागि सरकारले चिनी उद्योगसँग आवेदन माग गरेको हो । यो वर्ष उद्योगले उखु क्रसिङ गरिसकेकाले आगामी आर्थिक वर्षदेखि चिनी उद्योगबाट विद्युत प्राधिकरणले बिजुली खरिद गर्नेछ ।
राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी अवधारणापत्र र कार्ययोजनामा चिनी उद्योगको बगासबाट उत्पादन हुने बिजुली खरिद गर्ने व्यवस्था गरिएपछि विभागले प्रस्ताव आहृवान गरेको हो । उत्पादित बिजुली तीनमहिनाभित्र प्रचलित दर -प्रतियुनिट ८.४ रुपैयाँ)मा खरिद गर्ने व्यवस्था कार्ययोजनामा छ ।
उद्योगीलाई बिजुली बेचर थप आम्दानी गर्ने अवसर मिलेको छ । चिनी उद्योगबाट वार्षीक २६ करोड युनिट बिजुली आपूर्ति हुने उद्योगले जनाएका छन् ।
प्रतिक्रिया 4