+
+

डाक्टर र इन्जिनियर मात्रै होइन, पाइलट पनि नक्कली

सिआईबीद्वारा एक नक्कली पाइलट पक्राऊ

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २२ गते १३:२५

२२ वैशाख, काठमाडौं । डाक्टर र इन्जिनियर मात्रै होइन, विमान चलाउने पाइलट पनि नक्कली फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले नक्कली पाइलटलाई पक्राउ गरेको हो ।

Duplicate-Pilot Finalसिआइवीले नक्कली प्रमाणपत्र बनाएर पाइलट बनेको आरोपमा विशाल कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले पाइलट कोर्स अध्ययन गरेको भए पनि नक्कली प्रमाणपत्र बनाएको सिआइवी स्रोतले बतायो ।

यसअघि सिआइवीले नक्कली प्रमाणपत्रधारी डाक्टर विरुद्ध चलाएको अपे्रशनमा १७ जना पक्राउ परिसकेका छन् ।

यसैगरी अपराध महाशाखाले पनि नक्कली प्रमाणपत्र बनाइदिने गिरोहसहित १० जना इन्जिनियरलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?