बलिडका सर्वाधिक चर्चित केही कलाकार छन् । जो अहिले पनि पुराना मान्यता भन्दा पर जान सकेका छैनन् । चलचित्र खेल्नु अघि चलचित्रको नाम देखाएर हिट हुन्छ कि हुन्न भनेर ज्योतिषलाई प्रश्न गर्नु आम कलाकारको चलन हो । चलचित्र प्रदर्शनअघि मन्दिरमा गएर भाकल गर्नेहरु पनि छन् । हेरौं सफलता पाईन्छ भन्दै रुढीग्रस्त संस्कार मान्ने कलाकार को-को रहेछन् ।
अक्षय कुमारः अक्षय कुमारलाई अहिले पनि लाग्छ कुनै पनि चलचित्र रिलिजको वेलामा भारतमै आफू बस्दा चलचित्र नै चल्दैन । तशर्थ आफुले अभिनय गरेको चलचित्र रिलिजको प्रदर्शन सकेर अक्षय विदेश घुम्न जान्छन् ।
विपाशा बासुः नायिका बिपाशा बासु हरेक शनिवार कागती र खुर्सानी किनेर आफ्नो कारमा राख्छिन् । उनलाई लाग्छ कागती र खर्सानीको माला गाडीमा झुण्ड्याएपछि अनिष्टवाट बच्न सकिन्छ ।
सलमान खानः ‘वान्टेड र दबंग’ सफल भएपछि सलमान आफू अभिनित हरेक चलचित्र इदमै रिलिज गर्न चाहन्छन् । बुबा सलीम खानद्धारा दिईएको ब्रासलेट प्राय उनी छुटाउँदैनन् । ब्रासलेटलाई उनले आफ्नो लक्की सामान मान्ने गरेका छन् ।
अमिताभ बच्चनः भनिन्छ अमिताभ बच्चन टिम इण्डियाको क्रिकेट म्याच कहिल्यै लाइभ हेर्दैनन् । उनी हरेक पटक रेकर्डेड म्याच हेर्छन् । उनको मान्यता छ उनले लाईभ हेरे भने विकेट र्झन सुरु भैहाल्छ । उनी ग्रह अनुसारको पत्थर राखेर बनाएको औंठी लगाउने गर्छन् ।
शाहरुख खानः शाहरुख खान प्राय यस्ता रुढीवादी संस्कारमा विश्वास गर्दैनन् । आईपीएलको सुरुवाती म्याचमा उनको टिमले लगातार हार बेहोरेपछि उनले कारको नम्बर नै फेरे । अहिले उनको सबै गाडीको नम्बर ५५५ छ ।
अजय देवगणः अजय देबगणको असली नाम विशाल देवगण हो । अजय नाम उनले डेब्यु चलचित्र ‘फूल और काँटे’ वाट पाएका थिए । अजयका पारिवारिक ज्योतिषले उनको थर देवगण वाट ए अक्षर हटाउन सुझाब दिएका थिए ।
आमिर खानः आमिर खान डिसेम्बर महिना आफ्नो लागि निकै राम्रो हुन्छ भन्ने मान्यता राख्छन् । ‘तारे जमिन पर, गजनी, थ्री इडियट, पीके’ लगायतका चलचित्र डिसेम्बरमै रिलिज भएको हो ।
दीपिका पादुकोणः दीपिका पादुकोण हरेक चलचित्रको रिलिज अघि सिद्धिविनायक मन्दिर जाने गरेकी छिन् । उनको मान्यता छ सिद्धिविनायक मन्दिरको दर्शन गरेपछि मात्रै उनको चलचित्र बक्स अफिसमा हिट हुन्छ ।
प्रतिक्रिया 4