१ जेठ, इलाम । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारले सस्तो लोकप्रियताका लागिमात्र नीति तथा कार्यक्रम ल्याएको बताएका छन् ।
इलाम सदरमुकाममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यकर्ता भेटघाटमा नेता कोइरालाले बजेटले सबै क्षेत्रलाई समेट्न नसकेको धारणा व्यक्त गरेका हुन् ।
सरकारले कालोबजारीलाई नियन्त्रण गर्नुको साटो आश्रय दिएको आरोप लगाउँदै जनताले अभावैअभाव भोग्दासमेत सरकार चुप लागेर बसेको बताए ।
सरकारले घोषणा गरेको स्थानीय निकायको चुनावबाट काँग्रेस नपन्छिने भन्दै त्यसका लागि आवश्यक तयारी थाल्नुपर्ने बताउँदै चुनाव भनेको प्रजातान्त्रिक पद्धति हो, यसमा भाग लिन सबैलाई आग्रहसमेत गरे ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4