+
+

मदन-आश्रितको हत्या नै हो, खोजीनीति गरिन्छः प्रधानमन्त्री

फुर्सद भए पुनर्निर्माणमा आउन आन्दोलनरत दलहरुलाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३ गते ९:५९

kp oli_balkhu

३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी र जिवराज आश्रितको दुर्घटना नभएर हत्या भएको कुरामा एमाले स्पष्ट रहेको भन्दै यसको खोजीनिति गरिने बताएका छन् । उनले लामो समय बितसकेकाले अनुसन्धान कठिन हुने उल्लेख गरे ।

मदन-आश्रतिको २३ औं स्मृति दिवसका अवसरमा बल्खुस्थित मदन भण्डारीको प्रतिमामा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘त्यो नियोजित हत्या थियो भन्नेमा हामी द्विविधामा छैनौं,’ उनले भने, ‘कानुनी रुपमा खोजविन गर्नु पर्नेछ । प्रमाणहरुको अध्ययन गर्ने र अनुसन्धान गर्नुपर्नेछ । त्यो हामी गछौर्ं ।’ उनले कहिलेबाट अनुसन्धान सुरु गर्ने भन्ने चाहिँ बताएनन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले मधेसी लगायतका दलहरुले गरेको आन्दोलनका विषयमा कटाक्ष  गरेका थिए । उनले यो आन्दोलनको उद्धेश्य र गन्तब्य नभएको बताए । आन्दोलनरत दलहरुलाई ‘फुर्सद भए’ भुकम्पपछिको पुनर्निमाण अभियानमा सघाउन उनले आह्वान गरे ।

‘देशमा भूकम्पका कारण जनता आहत भएका बेला गरिएको आन्दोलनले जनता खुसी हुन सक्दैनन्,’ ओलीले भने, ‘जनता बासबिहिन भएका छन्, यस्तो बेला केका लागि आन्दोलन हो ? फूर्सद छ भने आउनुस् । एमालेले पुनर्निर्माणका लागि ७ गतेदेखि स्वयंसेवक परिचालन गर्दैछ, सँगै मिलेर काम गरौं, जनताको हित त्यसैबाट हुन्छ ।’

‘लोकतन्त्र, गणतन्त्र ल्याउन पहिले आफूहरुले पनि आन्दोलन गरेको उल्लेख गर्दै ओलीले प्रश्न गरे, ‘यो के ल्याउन गरिएको आन्दोलन हो ?’ ओलीले आन्दोलनमा सरकारले दमन नगर्नेमा ढुक्क हुन पनि आन्दोलनकारी मोर्चालाई आग्रह गरे ।

तर, दमन नगर्ने भन्दैमा गाडी जलाउने, सार्वजनिक सम्पत्ती र जनताको सम्पत्ती तोडफोड गर्ने काम नसहने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?