५ जेठ, काठमाडौं । सिंहदरबार र बालुवाटार घेराउ सकेको संघीय गठबन्धनले आन्दोलनका बाँकी कार्यक्रम सार्वजनिक गर्दैछ । आज बैठक गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्न लागिएको गठबन्धनका नेताहरुले बताएका छन् ।
आन्दोलन काठमाडौं केन्द्रित गर्ने कि जिल्लामा फर्काउने भन्नेमा गठबन्धनभित्र बहस भइरहेको छ । काठमाडौं केन्द्रित भए भित्री बस्ती लक्षित कार्यक्रम ल्याउने, नत्र जिल्ला र क्षेत्रीय सदरमुकाम केन्द्रित कार्यक्रम तय हुने एक नेताले बताए ।
गठबन्धनले दुई साताअघि प्रधानमन्त्री ओलीलाई २६ बुँदे मागपत्र बुझाइसकेको छ । उक्त मागपत्र मधेसी मोर्चाले विगतमा राख्दै आएका ११ बुँदे मागसहित परिमार्जित छ ।
माघ ४ गतेयता ठूला तीन दल र ओन्दोलनकारीबीच कुनै वार्ता भएको छैन ।
संघीय प्रदेशको सीमांकन र संविधानप्रति असहमति राख्दै गत साउनदेखि चलेको मधेस आन्दोलन असोज पहिलो साता नाकाबन्दीमा बदलिएको थियो ।
प्रतिक्रिया 4