+
+

९० दिनपछि ९० करोड बोनस !

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ७ गते ६:२४

Nepal-Oil७ जेठ,काठमाडाैं। नेपाल आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने भएका छन् ।

निगमले सबै ऋण चुक्ता गरेसँगै गत आर्थिक वर्षमा बोनसका लागि भनेर छुट्टाइएको यो रकम कर्मचारीलाई वितरण गर्न बाटो खुला भएको आजको कारोबार दैनिकले जनाएको छ ।

बोनस ऐन २०३३ बमोजिम नाफाको १० प्रतिशत रकम कर्मचारीको बोनसका लागि छुट्टानु पर्छ ।  गत आार्थिक वर्षमा निगमलेको वासलातमा बोनस शिर्षकमा ९० करोड छुट्टाएको हो ।

निगम सञ्चालक समितिले ०६६ मा ऋण चुक्त गरेपछि बोनस बाँड्न पाइने निर्णय गरेको थियो । अहिलेको आधारमा नाफा हुँदै गए ९० दिनपछि निगमले सबै ऋण चुक्ता गरिसक्नेछ ।

निगमको १५ दिनको नाफा ४० देखि ६० करोडसम्म हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?