
१२ जेठ, मोरङ । मोरङको इटहरामा आज बिहान जन्ती बोकेको बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
उर्लाबारी–बरडङ्गा सडकखण्डअन्तर्गत इटहरा–३ स्थित टालीभट्टामा बिहान ७ः१० बजे सिजुवाबाट झापाको जलथल जन्ती लिएर जाँदै गरेको मे १ ख १९६० नम्बरको बस अनियन्त्रित भई पल्टिएको हो ।
दुर्घटनामा परी बसमा सवार चारजना घाइते भएका छन् । उनीहरुको इटहराकै चेतना हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनामा परेको बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4