+
+

नेपाली भूमि मिचेर भारतीय जाँचचौकी

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २१ गते ५:५६

India-Flag२१ जेठ, काठमाडौं । भारतले वीरगन्जस्थित सीमा क्षेत्रमा नेपाली भूमि मिचेर एकीकृत भन्सार जाँचचौकी (आईसीपी) बनाएको छ ।

वीरगन्जको अलौं सिर्सियामा नेपाल र भारत दुवैतर्फको आईसीपीको भौतिक संरचना निर्माण कार्य भारत सरकारले नै गर्दै आएको आजको अन्नपूर्णमा समाचार छ ।

दसगजा क्षेत्रमा आईसीपीको निर्माण भइरहेको छ ।

आईसीपीको भारततर्फको भौतिक संरचना भने बनिसकेको छ । नेपालतर्फ आईसीपीको निर्माण कार्य जारी छ । दुवै देशको आईसीपीको पर्खाल दसगजा क्षेत्रमा रहेको सीमा स्तम्भभन्दा ठिक १० गज पर निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

तर भारत सरकारले आफ्नोतर्फको आईसीपीको सिमेन्टेड पर्खाल सीमा स्तम्भभन्दा ठीक १० गजको दूरीमा बनाएको छ भने नेपालतर्फको पर्खाल दसगजामा रहेको सीमा स्तम्भभन्दा नेपाली भूमितर्फ १७ गजभित्र पर्ने गरी बनाएको छ ।

भारत सरकारले नेपाली भूमि मिचेर आईसीपीको पर्खाल बनाएको भन्दै वीरगन्ज आलों सिवानटोलका गुनासो गरेपछि यही जेठ ११ गते क्षेत्रीय प्रशासनको टोलीले स्थलगत अध्ययन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?