३० जेठ, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को ११ औं महाधिवेशन आउँदो साउन २३ गते काठमाडौंमा हुने निश्चित भएको छ । साउन २३ गतेदेखि २५ गतेसम्म हुने महाधिवेशनका लागि आइतबार भृकुटीमण्डप बुक गरिएको छ ।
भृकुटीमण्डपको भाडा वाफत् हरेक दिन २ लाख १० हजार रुपैयाँ बुझाउनुपर्ने छ । नेविसंघले साउन २२ गतेदेखि नै भृकुटीमण्डप बुकिङ गरेको छ ।
समाज कल्याण परिषदकी लेखा शाखा प्रमुख दुर्गा गौतमले नेविसंघको पत्रका आधारमा साउन २२ गतेदेखि २५ गतेसम्मका लागि भृकुटीमण्डपको हल र चौर बुकिङ गरिएको अनलाइनखबरलाई जानकारी दिइन् ।
चार दिनसम्म हल र चौरको भाडामा मात्रै ८ लाख ४० हजार रुपैयाँ खर्च हुनेछ ।
महाधिवेशनमा करिब ३ हजार ४ सय प्रतिनिधिहरु सहभागी हुने नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।
उनका अनुसार सोमबारको केन्द्रीय समिति बैठकबाट महाधिवेशनको मिति, स्थान र आवश्यक तयारी लगायतका विषयमा औपचारिक निर्णय हुनेछ ।
प्रतिक्रिया 4