+
+

डोल्पालीको गुनासो : बजेटले पर्यटन क्षेत्रलाई समेटेन

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३१ गते १८:३१

३१ जेठ, डोल्पा । सरकारले गत जेठ १५ गते आगामी आव २०७३/७४ का लागि सार्वजानिक गरेको बजेटले डोल्पाको पर्यटन क्षेत्रलाई नसमेटेको डोल्पालीले गुनासो गरेका छन् ।

जिल्लामा रहेका नेपालकै प्रसिद्ध शक्तिपीठ बाला त्रिपुरा सुन्दरी मन्दिर, मष्टा भवानी गल्ली तथा छल, शे-फोक्सुन्डो ताल, बौद्धमार्गीको प्रसिद्ध शे-गुम्बा, अग्लो ठाउँमा रहेको मानव बस्ती धो तराप तथा सुलिगाड झरना, पुरातत्व विभागले समेत चासो देखाएको ऐतिहासिक क्षेत्र राजारानीलगायत प्रशस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्र विकास तथा प्रचार–प्रचारको अभावमा ओझेलमा परेको उनीहरुले बताएका छन् ।

‘भूगोलले डोल्पालाई ठगे तापनि प्रकृतिले ठगेको छ्रैन्, यसपालिको बजेटले छिमेकी जिल्ला जुम्ला, मुगु, कालीकोट, सल्यान, जाजरकोटका धार्मिक, प्राकृतिक तथा ऐतिहासिक क्षेत्रको पर्यटन विकासका लागि समेट्यो तर यहाँ रहेका पर्यटकीय ठाउँका लागि बजेट छुट्याएन’ स्थानीय शिक्षक हेमराज हमालले भने ।

राज्यले जिल्लामा रहेका प्रसिद्ध पर्यटकीय क्षेत्रको उचित प्रकारको विकास तथा प्रचार–प्रसार गर्न सके स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना हुनुका साथै करोडाँै रुपैयाँको लाभ लिनसक्ने अवस्था रहेको छ । अहिलेसम्म पनि जिल्ला सडक सञ्जालले जोडिन पाएको छैन ।

जिल्लामा पर्यटकीय सम्भावना हुँदाहुँदै पनि विकास तथा प्रचारको अभावमा यस्ता क्षेत्र ओझेलमा परेको स्थानीय विकास अधिकारी सन्तोषकुमार दाहाल बताउँछन् । ‘बर्सेनि यातायातकै समस्याका कारण उपल्लो डोल्पामा रहेका प्रमुख पर्यटकीयस्थलसम्म पुग्ने पर्यटक गन्तव्यस्थलसम्म नै नपुगी फर्किने गरेका छन’ उने भने । घोरेटो बाटोमात्रै सुधार गरे वार्षिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ ।

जिल्लामा ठूलो भेरीमा र्‍याफ्टिङ व्यवसायबाटै पर्यटक भित्र्याउन सकिने स्थानीयवासी गौरीशंकर उपाध्याय बताउँछन् । त्रिपुरासुन्दरी र मष्टा भवानको प्रचार–प्रचार गर्न सके धार्मिक पर्यटक भित्र्याउन सकिन्छ । यार्सागुम्बालगायत २०० भन्दा बढी प्रजातिका जडीबुटीको संरक्षणका लागि ध्यान दिने सके प्रशस्त आम्दानी गर्न सकिने उनको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?