+
+

युटुबमा ‘कोहिनुर’, स्वेता भन्छिन्-‘समाजसेवा हामी दुबैको चाहना’

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १२ गते १०:१२

aakash and sweta
स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ अभिनित अन्तिम चलचित्र ‘कोहिनुर’ हेर्न छुटाउनु भएको छ भने अब धन्दा मान्नु पर्दैन । युट्युब च्यानलमार्फत घरमै बसेर हेर्न सकिनेछ ।

श्रीकृष्ण श्रेष्ठ, श्वेता खड्का, मिथिला शर्मा, सम्राट सापकोटा लगायतको अभिनय रहेको उक्त चलचित्र शनिवारदेखि युट्युब च्यानलवाट सार्वजनिक गरिएको छ ।

आकाश अधिकारी निर्देशित उक्त चलचित्र सबै भन्दा धेरै ब्यापार गर्ने नेपाली फिल्मको रुपमा चिनिन्छ । उक्त चलचित्र रिलिज हुँदै गर्दा २३ अघि महिना साउन २४ गते नायक श्रेष्ठको निधन ४७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो ।kohinoor charety
चलचित्र ‘भुँमरी’ वाट अभिनय सुरु गरेका श्रीकृष्णले ‘धर्ती, प्रेमयुद्ध, आफ्नो मान्छे, वर पिपल, गोर्खाली, पाहुना, गरिब, नाता रगतको’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।

शनिबार काठमाण्डौको बीग मुभिजमा यो चलचित्रको च्यारेटी शो पनि सम्पन्न भयो । ‘नवकिरण अनाथ असाहाय बाल उत्थान समाज’को सहयोगार्थ यो कार्यक्रम गरिएको थियो । नायिका स्वेता खड्काले च्यारेटीबाट उठेको मध्ये २ लाख रुपैयाँ अनाथालयलाई हस्तान्तरण गरिन् ।

नेपाल सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले चेक हस्तान्तरण गरेका थिए । साथै उनले नै युटुब च्यानलको  उद्घाटन पनि गरेका थिए । मन्त्री पौडेलले चलचित्र आफूले अहिलेसम्म हेर्न नपाएको भन्दै युटुबमा हेर्ने बताए । नायिका स्वेता खड्काले आफू सधै नै समाजसेवामा सक्रिय हुने बताइन् ।

उनले अन्य संघसंस्थालाई पनि सहयोग गर्ने आफ्नो योजना भएको बताइन् । उनले आफ्ना पति श्रीकृष्ण श्रेष्ठको चाहना पनि समाजसेवा रहेको बताइन् । यो चलचित्रले ११ करोड माथिको ग्रस कलेक्शन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?