+
+

उत्तरी क्षेत्रको विकासमा भारतीय चासो

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १७ गते ६:४६

India-Flag१७ असार, काठमाडौं । भारतीय दूतावासले चीनको तिब्वतसँग सीमा जोडिएको हुम्लाको हिन्सा विकासमा चासो देखाएको छ ।

मानसरोबर जाने पर्यटकको सुविधानका लागि भन्दौ हिन्ल्सा क्षेत्रमा धर्मशालालगायतका भौतिक पूर्वाधार निर्माणमा भारतले चासो देखाएको हो ।

हुम्लाका स्थानीय विकास अधिकारी बलदेव जोशीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्राचार गरी भारतीय सहयोगलाई स्वीकार गर्ने वा नगर्ने भन्नेमा प्रष्ट पार्न आग्रह गरेका आजको कारोबार दैनिकमा समाचार छ ।

असार ५ गते पठाएको पत्रमा चीनसँग सीमा जोडिएको नेपालको हिल्सा बजारमा चौक प्रहरी चौकी, भन्सारलगायतका सरकारी कार्यालय रहेको र उक्त ठाउँमा व्यापारी र स्थानीय नागरिक बसोबास गरिरेको उल्लेख छ । उक्त ठाउँको विकासमा चीन र भारत दुवैले चासो दिएको पत्रमा उल्लेख छ ।

२० देखि ३० घरधधुरी रहेको हिल्सामा चिनियाँ पक्षले विद्युतका लागि सहयोग गर्ने प्रस्ताव आएको र भारतले पनि सोही ठाउँमा धर्मशालालगायतका भौतिक पूर्वाधार निर्माण गरिदिने आश्वासन दिएको पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?