१७ असार, काठमाडौं । अविरल वर्षका कारण विद्यालयको पर्खाल भत्कदा १४ विद्यार्थी घाइते भएका छन् ।
ललितपुरको पुष्पाञ्जली बोर्डिङस्कुलको कम्पाउन्ड भत्कदाँ घाइते उनीहरुको विएण्डबी र पाटन अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ९ जनाको विएण्डबी र ५ को पाटन अस्पतालमा उपचार भइरहेको छ । पर्खाल पुरानो भएको र पानीले गलेका कारण भत्एिको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4