आफ्नो मन्तव्यका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चलचित्र क्षेत्रसँग आफू हरदम भएको बताए । आज आयोजित ‘फान अवार्ड’मा प्रमुख अतिथी भएर पुगेका ओलीले नेपाली चलचित्र क्षेत्रका अहिलेका चर्चित नायक अनमोल केसीको खुलेरै प्रशंसा गरे ।
उनले नायक अनमोल केसीले चढेको उकालो र छोएको उचाई प्रशंसनिय भएको बताए । अनमोल चलचित्र क्षेत्रमा आएको त्यती लामो समय भैनसक्दा पनि उनले जुन तरिकाले उकालो चढेका छन्, त्यो आफैमा प्रशंसनिय भएको प्रधानमन्त्रीको भनाई थियो ।
उनले नायक राजेश हमाल, नायिका रेखा थापाको कुरा गर्दा गर्दै अनमोलको प्रशंसा गरेका थिए । प्रधानमन्त्री ओलीले भने-‘अनमोलको क्रेज नयाँ पिडीमा खुबै बढेको देखेको छु ।’
प्रधानमन्त्रीले आफ्नो मन्तव्यमा नै यसरि प्रशंसा गरिरहँदा दौरा सुरुवाल र टोपीमा सजिएका अनमोल मुसुमुसु हाँसिरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4