+
+

धरहरा पुनर्निर्माणमा एक करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २८ गते ११:३४
Dharahara-Punarnirman
प्रधानमन्त्रीलाई सहयोग रकम हस्तान्तरण गर्दै पुनर्वीमा कम्पनीका पदाधिकारीहरु । तस्वीर: रासस

२८ असार, काठमाडौं । म बनाउँछु मेरो धरहरा अभियानको कोषमा आज एक करोड रुपैयाँ सहयोग थपिएको छ । मंगलबार नेपाल पुनर्बीमा कम्पनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

साता अघि काठमाडौंमा भएको कम्पनीको साधारण सभाले नेपाल सरकारको म बनाउछु मेरो धरहरा अभियानमा सहयोग गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सहयोग रकमको चेक बुझ्दै प्रधानमन्त्री ओलीले धरहरालाई सबैले मेरो भन्ने अनुभूति गर्न सहयोग गर्नुपर्ने बताए ।

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईंले कम्पनीले आर्जन गरेको नाफाबाट धरहरा बनाउन सहयोग गरेको बताए ।

विनाशकारी भूकम्पबाट ध्वस्त धरहराको निर्माणका लागि आर्थिक स्रोत जुटाउन सरकारले म बनाउँछु मेरो धरहरा अभियान सञ्चालन गरिरहेको छ । धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री र मन्त्रीहरुले एक महिना बराबरको तलब सहयोग गरी सो कोष प्रारम्भ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?