+
+

त्रिभुवन विश्वविद्यालयले आफ्नै इतिहास र सम्पत्ति खोज्न समिति बनायो

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १ गते ६:२८

१ साउन ,काठमाडौं ।  नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आफ्नै इतिहास र सम्पत्ति खोज्न समिति बनाएको छ । इतिहास केन्द्रीय विभागका प्राध्यापक डा. भवेश्वर पंगेनीको संयोजकत्वमा त्रिविले समिति बनाएको हो ।

TU-Buildingअसार मसान्तसम्ममा प्रतिवेदन दिने गरी गठन गरेको पाँच सदस्यीय कमिटी अहिले त्यत्ति सक्रिय छैन ।

कमिटीका संयोजक पंगेनी भन्छन्, ‘विगत दुई महिनादेखि कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय खोजिरहेको छु, म हराएको छु ।’

अमेरिकाको अरेगन विश्वविद्यालयबाट विज्ञ ल्याएर काम सुरु २०१६ सालमा त्रिपुरेश्वरस्थित हालको वल्र्ड ड्रेड सेन्टरबाट त्रिभुवन विश्ववद्यालयको यात्रा सुरु भएको इतिहास विषयका प्रा.डा पंगेनीले बताए ।

अहिले कसरी विश्वविद्यालय स्थापना भयो, किन कीर्तिपुरमा विश्वविद्यालय आयो भन्ने तथ्यको खोजीमा लागेको उनको भनाइ रहेको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

‘भिसी अफिस, केन्द्रीय पुस्तकालयमा खोजेको खोज्यै छु, भनेजस्तो रेकर्ड पाएको छैन,’ उनले भने । कमिटीले त्रिविमा स्थापनाको सिद्धान्त के थियो, व्यवहारमा कस्तो रहेको छ भन्ने पनि पत्ता लगाउने प्रयत्न गरेको छ । उनका अनुसार त्रिवि स्थपना गर्न विदेशी प्राध्यापक र विदेशी व्यक्तिहरू ल्याएर काम लगइएको थियो ।

२०१६ सालअघि नै अमेरिकाको अरेगन विश्वविद्यालयबाट विज्ञ ल्याएर काम सुरु गरेका थिए । २०१४ सालतिर इन्डियन एट मिसनबाट सहयोग भएको पाइएको छ ।

‘त्रिभुवन विश्वविद्यालयको सम्पत्ति अथाह, छ तर कति छ भन्न गाह्रो छ,’ यो भनाइ हो त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा तीर्थ खनियाँको । उपकुलपति प्रा.डा.खनियााले त्रिभुवन विश्वविद्यालयको सुरुवात कसरी भयो, अहिलेसम्म आइपुग्दा कस्ता निर्णय भए र अब कसरी अघि बढ्ने भन्ने कुरालाई कमिटीले दिएको सुझाबले सहयोग हुने बताए ।

त्रिवि कसरी आयो र अहिले त्रिविका सम्पत्तिलाई किन अरू विश्वविद्यालय लैजान खोजे, सम्पत्ति कसरी प्राप्त भयो, भौतिक सम्पत्ति कति छ र कसरी संरक्षण गर्ने भन्ने त्रिविको इतिहासमा खोजिने उनले बताए । रानीको पकेट मनीबाट सुरु भएको विश्वविद्यालयको यात्रा खोजिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?