५ साउन, दमौली । तनहुँको जामुने र घाँसीकुवामा बुधबार भएका फरक-फरक सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
तरकारी बोकेको ग २ च २३०७ नम्बरको जीप र ग १ च ४३२५ नम्बरको ट्याक्सी बुधवार दिउँसो पौने २ बजे जामुने-३ मा ठोक्किँदा ट्याक्सी चालक देउबहादुर थापा र ५३ वर्षीया मना थापाको मृत्यु भएको छ । देउबहादुरको घटनास्थलमै र मनाको उपचारका लागि पोखरा लैजाँदै गर्दा मृत्यु प्रहरीले जनाएको छ ।
यसैगरी बुधबारै सवा दुई बजेतिर घाँसीकुवा नजिकै बस र ट्रक ठोक्किँदा अर्का एक व्यक्तिको मृत्यु भएको छ । ध १ ख ४९५ नम्बरको बस र ना ५ ख ७९८४ नम्बरको ट्रक ठोक्किँदा बस चालक २७ वर्षीय दीपक नहर्कीको मृत्यु भएको हो ।
बस चालक नहर्कीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइते भएकाहरुको तनहुँकै बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4