+
+

१० अर्बको रिभर्स रिपोमा साढे ७ अर्बमात्रै माग आवेदन

बैंकिङ प्रणालीमा ४२ अर्ब अधिक तरलता

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ५ गते १८:३१

Nrb-810
५ साउन, काठमाडौं । नेपाला राष्ट्र बैंकले बुधबार १० अर्बको रिभर्स रिपो जारी गर्दा साढे ७ अर्ब रुपैयाँको मात्रै माग आवेदन परेको छ ।

बैंकहरुसँग रहेको लगानी योग्य पुँजीको पर्याप्तता (अधिक तरलता) खिच्नका लागि केन्द्रिय बैंकले एक हप्ता समयावधि भएको मौद्रिक उपकरण (रिपो) जारी गरेको थियो ।

हाल बैंकिङ प्रणालीमा ४२ अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठले अनलाइनबरलाई जानकारी दिए ।

किन परेन मागेजति आवेदन ?

‘बैंकहरुसँग अधिक तरलता भएपनि आर्थिक वर्षको सुरु भएकाले उनीहरुले लगानीका आगामी योजना बनाइरहेकाले बोलकबोलमा सहभागि हुन नआएको हुनुपर्छ,’ श्रेष्ठले भने– ‘जसकारण हामीले बजारबाट उठाउन चाहेजति रकम बराबरको उठाउन सकेनौं ।’

रिपोमा बैंक तथा वित्तीय संस्थाहरुले मात्रै आवेदन दिन पाउने छन् । कार्यकारी निर्देशक श्रेष्ठका अनुसार बुधबार ९ वटा संस्थाले ३६ वटा आवेदन दिएका थिए ।

व्याजदर ०.५५ प्रतिशत 

बैंकहरुले गरेको गोप्य बोलकबोालका आधारमा भारित औषत व्याजदरमा ०.५५ प्रतिशत व्याजदर निर्धारण भएको उनले जानकारी दिए । बैंकहरुले अधिकतम १.२५ प्रतिशत देखि न्यूनतम ०.०९ प्रतिशतसम्म व्याज माग्दै आवेदन दिएका थिए । बैंकहरुले बोलकबोल गरेको अधिकतम र न्यूनतम व्याजदरका आधारमा भारित औषत व्याजदर निर्धारण गरिन्छ ।

नयाँ आर्थिक वर्षको पहिलो रिपो

राष्ट्र बैंकले बुधबारा जारी गरेको रिभर्स रिपो नयाँ आर्थिक वर्ष २०७३/७४ को पहिलो हो । गत आर्थिक वर्षभरीमा राष्ट्र बैंकले पटक-पटक गरी साढे ५ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो । रिपोमा बैंकहरुले अनलाइन बिडिङ गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?