+
+

सरकारलाई कांग्रेस नेता रिजालको प्रश्नः त्यो देशभक्ति कहाँ गयो ?

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ७ गते १६:५१

Minendra-Rijal

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कवुलियत नामा गरेर विनियोजन विधेयक पास गरेको सरकारले कवुलियत नामा पालना नगरेपछि बजेट आश्रति विधेयक अस्वीकृत भएको बताएका छन् ।

ऋण तथा जमानत २१औं संशोधन विधेयक माथिको छलफलमा भाग लिने उनले सरकारले यो परिणाम भोग्नु पर्ने नै थियो भनेका छन् । बजेटले टेकेको तीन खुट्टा मध्ये दुई (आर्थिक र राष्ट्र ऋण उठाउन विधेयक) गुमाएको भन्दै उनले ऋण तथा जमानत २१औं संशोधन विधेयक फिर्ता लिन सुझाव दिए ।

सरकारले ३०२ अर्ब वैदेशिक ऋण लिने प्रस्ताव गरेको भन्दै उनले राष्ट्रियताको ठूलो कुरा गर्ने केपी ओली सरकारको त्यो देशभक्ति कहाँ गयो भनेर प्रश्न गरेका छन् ।

उनले अघि भने, ‘इतिहासमा मैले कुनै यस्तो देश देखेको छैन, जसले हरेक दिन हात थापेर मागेर राष्ट्रियता बलियो बनाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?