+
+

प्रचण्डको फाटेको मन धेरैपटक सिउने कोशिस गरेंः प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ९ गते २१:१६

PM-KP-Oli

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छापामार शैलीमा सरकार परिर्वतनको खेल भएको बताएका छन् । आफ्नाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले काम नगरेकाले नभई चिक्त दुखेको र मन फाटेकाले समर्थन फिर्ता लिएको रहेछ भने ।

प्रचण्डको नाम नलिई उनले अविश्वासको प्रस्ताव प्रस्तोता भन्दै उनले भने, अस्ति कुरा सुनेपछि मलाई लाग्यो, आरोपहरु के छन् सुनेँ । आरोप सुन्दा थाहा भने ममाथिको अविश्वास कामको कारण होइनरहेछ, मन फाटेका, कमलो मन दुखेको, चित्त नबुझेको आदि कारणले रहेछ ।’

ओलीले भने, ‘मैले मेरा मित्रको च्यातिएको मन अरुणा लामाको गीतमा भनेझैं धेरैपटक सिउने कोशिस गरें ।

कहिले साँझ त कहिले राति अबेरसम्म धेरैपटक फाटेको मन तुन्ने काममा बिताएको भन्दै उनले थपे, भयो के भने आज तुनेर, जोडेर पठाउँछु, भोलिपल्ट आउँदा अर्कोतिर फाटेको हुन्छ ।’

प्रधानमन्त्री ओलीले माओवादीले समर्थन फिर्ता लिनु केही दिनअघि मात्रै प्रचण्डसँग आफ्नो सवा दुईघण्टा कुरा भएको सुनाए ।

भेटमा आफूले अब कसरी अगाडि जाने भन्नेमा मोडालिटी आओस् भनेको भन्दै उनले थपे, ‘उहाँले भोलि पर्सि मोडालिटी लिएर आउँछु भन्नुभएको थियो । मोडालिटी टेलिफोनबाट थाहा भो, समर्थन फिर्ता लिने ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?