९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी मोर्चाका नेताहरु आफ्नाविरुद्ध भोट दिन टुप्लुक्कै संसदमा आउने गरेको बताएका छन् ।
आफ्नाविरुद्ध संसदमा परेको अविश्वासको प्रस्तावमा जवाफ दिने क्रममा मधेसी मोर्चाको नाम नलिई उनले भने, ‘मेराविरुद्ध भोट दिनुपर्यो भने साथीहरु टुप्लुक्कै आउनुहुन्छ । जसका विरुद्ध भोट दिनुस् तर, आउनुस् ।’
यसअघि प्रधानमन्त्रीको निर्वाचनमा पनि मधेसी मोर्चा सहभागी भएको थियो । र, ओलीको विरुद्धमा उम्मेदवारी दिएका कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालालाई मत दिएको थियो ।
प्रधानमन्त्री ओलीले संविधानको दुई धारामा संशोधन र नाकाबन्दी अन्त्य भइसकेको बताएका छन् ।
हेर्नुस् प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4