९ साउन, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीको वार्ता सहमति नजिक पुगेको छ ।
सहमतिको मस्यौदा तयार भएको छ र, डा. केसीका प्रतिनिधिहरु मस्यौदा लिएर अनसनस्थल पुगेका छन् ।
स्रोतका अनुसार डा. केसीका प्रतिनिधिहरु अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागमा केही लचिलो बनेका छन् । ‘यो विषय संसदमा प्रवेश गरिसकेकाले यसबारे थप सहमति गर्नुपर्नेमा समझदारी भएको छ’ वार्ता टोलीका संयोजक डा. रञ्जन सापकोटाले बताए ।
वार्तामा विवादित मनमोहन अस्पताललाई वीर अस्पताल मातहतमा ल्याउन सरकार सहमत भएको छ । साथै चिकित्सा शिक्षा ऐन संशोधन गर्न पनि वार्तामा सहमति जुटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4