१८ साउन, काठमाडौं । नयाँ सरकार गठनको तयारीमा रहेको नेपाली कांग्रेस र माओवादीले मधेसी मोर्चासहितको संघीय गठवन्धनसँग सहमतिको तयारी गरेको छ ।
संसद भवन नयाँ बानेश्वरमा तीन पक्षका शीर्ष नेताहरुको बैठक चलिरहेको छ । बैठकमा सहभागी एक नेताका अनुसार सातबुँदे सहमतिको मस्यौदा तयार भएको छ ।
यो सहमति भएमा भोलि हुने प्रधानमन्त्रीको चुनावमा प्रचण्डले गठवन्धनको भोट पाउने पक्का भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4