+
+

२ लाख प्याकेट अखाद्य फ्रुटी नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १८ गते १८:३७

frooti-nashta
१८ साउन, काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख प्याकेट दुगड फुड एण्ड वेभरेज प्रालिको फ्रुटी नष्ट गरेको छ । फ्रुटीलाई गोदाम परिसरमा गाडीले कुल्चिएर नष्ट गरिएको हो ।

यसअघिनै सिलबन्दी गरिएको काठमाडौंको सतुंगलस्थित गोदाममा रहेका २ लाख प्याकेट फ्रुटी  नष्ट गरिएको हो । फ्रुटीका प्याकेट फुलेको र फुटेको भेटिएको थियो । यसरी फलफूलका जुसको प्याकिङ नै असुरक्षित देखिएपछि अखाद्य ठहर गर्दै विभागले नष्ट गरेको छ ।

frooti
फ्रुटीको नमुना परीक्षणका लागि यसअघि नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइसकेको छ । कम्पनीले भने नयाँ प्लान्टबाट उत्पादन भएको फ्रुटीमा मात्र यस्तो समस्या भएको दावी गरेको थियो । जडान गरी उत्पादन गर्दा यस्तो फ्रुटी उत्पादन भएको र बजारमा पुगेका फ्रुटी  उठाएर नष्ट गर्न लगाएको कम्पनीको दावी छ ।

कम्पनीले बजारबाट उठाएर यी फ्रुटी नष्ट गर्न लागेको बताएपनि विभागका अधिकारी भने यो फ्रुटी रि-प्याकिङ गर्नका लागि यसलाई गोदाममा लगिएको निश्कर्षमा पुगेको छ ।

तस्वीरः माधव तिमल्सिना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?