२० साउन, काठमाडौ । नेपाल धितोपत्र बोर्ड इन्टरनेसनल अर्गनाइजेसन अफ सेक्युरिटीज कमिसन (आईओएसीओ)को एसोसिएटेड सदस्य भएको छ ।
यो सदस्यताले नेपाली पुँजीबजारले अन्तरराष्ट्रिय पहिचान पाउने बोर्डको विश्वास छ ।
आईओएसीओले विश्वको करिब ९५ प्रतिशत पुँजीबजारलाई नियमन गर्छ । हालसम्म १२४ राष्ट्र यसको सदस्य बनिसकेका छन् ।
आईओएसीओको सदस्यताले अन्तराष्ट्रिय सेयर लगानीकर्तामा पनि नेपाली पुँजीबजारप्रति विश्वास बढ्ने बोर्डको दाबी छ ।
यसले क्रस बोर्डर कारोबार तथा सूचीकरणका लागि पनि मद्दत पुग्ने बोर्डका अधिकारीहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4