चलचित्र विकास बोर्डमा राजकुमार राई आएपछि चलचित्र क्षेत्रको हितका लागि काम भएको भन्दै नायक राजेश हमालदेखि नायिका करिश्मा मानन्धर सम्मले प्रशंसा गरेका थिए । विशेषगरि, चलचित्रकर्मीलाई ‘विशिष्ट, विशेष र सामान्य’ गरि ३ प्रकारका कार्ड वितरण गर्ने योजना राइको छ । जस अन्र्तगत चलचित्र विकास बोर्डले ३ दर्जन बढी कलाकारलाई ‘विशिष्ट श्रेणी’को परिचय पत्र वितरण गरिसकेको छ ।
निवर्तमान सूचना तथा संचारमन्त्री शेरधन राइको कार्यकालमा यो परिचय पत्र वितरण सुरु भएको हो । तर, अहिले सरकार परिवर्तन भैसकेको छ । नायिका करिश्मा मानन्धर अब यो कार्डको महत्व र सहुलियतको अर्थ खोज्दैछिन् । नयाँ शक्ती नेपालकी सदस्य समेत रहेकी करिश्माले फेसबुकमा लेखेकी छिन्-‘अनी नेपाल सरकारले दिएको यो स्पेशल कार्ड, के सहुलियतका लागि दिएको हो भनेर सोचिरहेको अवस्था ।’
करिश्माको यो स्टाटसले के प्रष्ट पार्छ भने, ‘विशिष्ट श्रेणी’को परिचय पत्र पाएका चलचित्रकर्मी नै अहिले यो कार्डले के सहुलियत पाइन्छ भनेर सोचिरहेका छन् । पहिलो पटक कार्ड वितरण समारोहमा परिचय पत्र पाएपछि निर्देशक यादव खरेलले पनि यही प्रश्न राखेका थिए । ?
तर, अहिलेसम्म यो परिचय पत्रले चलचित्रकर्मीलाई कहाँ कस्तो सहुलियत दिन्छ भन्ने पाउनेहरुले नै वुझेका छैनन् । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले यो परिचय पत्रले के सहुलियत दिन्छ भनेर भनिदिने पो हो कि ?
प्रतिक्रिया 4