२५ साउन, खोटाङ । सात जना विद्यार्थीहरुको पहलबाट दिक्तेल बहुमुखी क्याम्पसले मुहार फेरेको छ । स्नातक अध्ययनरत विद्यार्थीहरुले क्याम्पस परिसरमा नेपालको सुन्दर नक्सा अंकित स्थान निर्माण गरेका छन् ।
हरियो दूवोको बीचमा नेपालको नक्सा र राष्ट्रिय झण्डा राखिएको छ भने दायाँ-बायाँ ‘दिक्तेल क्याम्पस’ लेखिएको छ ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि सिमांकनको विषयलाई लिएर बिभिन्न स्थानमा आन्दोलन भइरहेका बेला चन्द्र सूर्य अंकित नेपालको नक्साले एकताको सन्देश दिने विद्यार्थी विक्रम श्रेष्ठले बताए ।
आफूहरुको कामले विद्यार्थीहरुमा उदाहरणीय कामका लागि प्रेरित गर्ने, क्याम्पस व्यवस्थापनमा सघाउने र सफा, स्वच्छ एवम् शान्त समृद्ध समाज निर्माणमा सघाउने उनीहरुको विश्वास छ ।
यसका लागि क्याम्पसका सात जना विद्यार्थीहरुले २०७० सालमा कोष खडा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4