+
+

ईपीएसको परीक्षा दिनेबित्तिकै नतिजा हेर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २७ गते ६:२३

korean eps line (17)२७ साउन, काठमाडौं । ईपीएस परीक्षार्थीले परीक्षा दिएकै दिन आफूले प्राप्त गरेको नम्बर हेर्न पाउने भएका छन् ।

परीक्षा दिएकै दिन कति नम्बर आयो, कुन प्रश्नको उत्तर बिग्रियो अनि कुनकुन चाहिँ मिल्यो भन्ने जानकारी परीक्षा दिने बित्तिकै दिने तयारी गरिएको हो ।

काम गर्न दक्षिण कोरिया जान चाहनेले सन् २०१९ देखि अनिवार्य रुपमा कम्प्युटरमै परीक्षा दिनुपर्ने व्यवस्था गरिएको आजको अन्नपूर्णमा समाचार छ ।

यो व्यवस्थासँगै परीक्षा लिने बित्तिकै प्राप्तांक देखाउने प्रणाली विकास गर्न लागिएको हो । हाल परीक्षा दिएपछि नतिजा थाहा पाउन लामो समय कुर्नुपर्ने बाध्यता छ ।

कागजी प्रणालीमा परीक्षा लिइने भएकाले परीक्षा गर्न लामो समय लागेको हो ।

कम्प्युटर प्रणलीबाट परीक्षा लिएपछि  उत्तर मिलेनमिलेको सिस्टमले परीक्षण गर्ने व्यवस्था हुनेछ ।

सोही आधारमा कुन प्रश्नको उत्तर मिल्यो वा मिलेन अनि कति अंक प्राप्त भयो भन्ने जानकारी परीक्षार्थीलाई देखाउन लागिएको हो ।  कोरिया जाने परीक्षार्थी अब कम्प्युटरमा पनि साक्षर हुनुपर्ने भएकाल छन् ।

ग्रामीण क्षेत्रका युवाले पनि कोरिया जानका लागि कम्प्युटरका आधारभूत ज्ञान हासिल गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?