२७ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाएको छ ।
आजदेखि लागूहुने गरी विद्युत प्राधिकरणले प्रकाशन गरेको तालिका अनुसार अब हप्तामा साढे ४८ घण्टा लोडसेडिङ हुने छ । यसअघि हप्तामा ६३ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।
नयाँ तालिका अनुसार एक दिन ६ घण्टा, एक दिन ७ घण्टा , तीन दिन साढे ६ घण्टा, दुई दिन आठ घण्टा लोडसेडिङ हुने छ ।
प्राधिकरणले ढल्केबरलगायत पूर्व तथा कोहलपुरलगायतका पश्चिम क्षेत्रका हकमा स्थानीयरुपमा लोडसेडिङ सूचना पछि प्रकाशित गरी लागू गरिने जनाएको छ ।
त्यस्तै औद्योगिक क्षेत्रमा बेलुका ६ बजेदेखि राती ११ बजेसम्मलोडसेडिङ हुने प्राधिकरणले उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4