३० साउन, काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षकोभन्दा १६ करोड रुपैयाँले बढी हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ५७ करोड रुपैयाँ कमाएको थियो ।
कारोबार वृद्धिको तुनामा बैंकको नाफा वृद्धि भने सामान्य नै मान्नुपर्छ । एक वषएको अवधिमा बैंकको निक्षेप साढे १० अर्बले बढेर ९३ अर्ब रुपैयाँ र कर्जा साढे ८ अर्बले बढेर ६८ अर्ब रुपैयाँ पुगेको आइतबार प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।
तर, स्प्रेड दर र अधिक तरलताका कारण साढे ८ अर्ब रुपैयाँ कर्जा बढेपनि बैंकको व्याज आम्दानी भने ६करोड रुपैयाँले मात्रै बढेको छ । अघिल्लो वर्ष ४ अर्ब ९९ करोड रुपैयाँ रहेको व्याज आम्दानी गत वर्ष ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।
बैंकले व्याज खर्चमा भारी कटौती गरेको छ । अघिल्लो वर्ष २ अर्ब ११ करोड रुपैयाँ व्याज खर्च गरेको बैंकले गत वर्ष १ अर्ब ८२ करोड रुपैयाँमात्रै व्याज खर्च गरेको छ ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले खराब कर्जा केही घटाएको छ । अघिल्लो वर्ष कूल कर्जाको ०.६६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष भने ०.३८ प्रतिशतमा झारेको छ ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । ०७२ असार मसान्तमा ७८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष घटेर ६६ रुपैयाँमा झरेको छ । बैंकको मुल्य आम्दानी अनुपात पनि केही घटेर साढे २५ गुणामा झरेको छ भने प्रतिसेयर नेटवर्थ ३ सय २४ रुपैयाँ छ ।
०७३ असार मसान्तमा बैंकको चुक्ता पुँजी २ अर्ब ७४ करोड रुपैयाँ र सञ्चि कोषमा ५ अर्ब ८७ करोड रुपैयाँ छ । नियामक राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बैंकले ०७४ असार मसान्तमा न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनु पर्ने हुन्छ ।
बैंकले यसै आर्थिक वर्षमा २ अर्ब रुपैयाँ मर्जर वा एक्वायरबाट, रिजर्भमा रहेकोमध्ये २ अर्ब ८७ करोड रुपैयाँ बोनस सेयर वितरण गरेर र ४५ करोड रुपैयाँ बराबरको एफपीओ जारी गरेर तोकिएको पुँजी पुर्याउने योजना केहीदिन अघिमात्रै सार्वजानिक गरेको थियो ।
प्रतिक्रिया 4