अक्षय कुमार अभिनित पछिल्लो चलचित्र ‘रुस्तम’ बलिउड बक्स अफिसमा हिट भयो । टिनु देसाई निर्देशित यस चलचित्रले ७ दिनमै लगानी उठाउन सफल भएको थियो । हालसम्म १२७ प्रतिशत नाफा कमाएको यो चलचित्र अहिले राम्रो नाफा कमाउने पाँच उत्कृष्ट चलचित्र सूचीमा परेको छ ।
सोनम कपुर अभिनित चलचित्र ‘नीरजा’ अर्को राम्रो नाफा कमाउने चलचित्र बनेको छ यो वर्ष । २१ करोड लागतमा बनेको उक्त चलचित्रले कुल ७६ करोड कमाई गरेको थियो । सबै भन्दा धेरै कमाई गर्ने चलचित्रको सूचीमा सलमान खान अभिनित ‘सुल्तान’ परेको छ । ९० करोडमा बनेको ‘सुल्तान’ले तीन सय करोड ब्यापार गरेको थियो ।
अक्षय कुमारकै अर्को चलचित्र ‘एयरलिफ्ट’ पनि राम्रो कमाइ गर्ने चलचित्रको रुपमा सूचीकृत छ । ४० करोडमा बनेको यस चलचित्रले १२८ करोड ब्यापार गरेको थियो ।
टाइगर श्राफ अभिनित ‘बागी’ पनि राम्रो मुनाफा आर्जन गर्ने चलचित्रको रुपमा चिनिन्छ । ३८ करोडमा बनेको यस चलचित्रले ७६ करोड ब्यापार गरेको थियो ।
प्रतिक्रिया 4