Comments Add Comment

अवरुद्ध खानेपानी अझै सञ्चालनमा आएन

७ भदौ, गुल्मी। गुल्मीको मुसिकोट र बडागाउँ गाविसमा अवरुद्ध खानेपानी सेवा अझै सञ्चालनमा आउन सकेको छैन ।

दलिङ गाविसको पासेखोलाबाट आउने खानेपानी विगत एक महिनादेखि पौदीअमराई र नेटा गाविसका विभिन्न स्थानमा अविरल वर्षाका कारण खानेपानीका पाइप पहिरोले बगाएपछि अवरुद्ध बनेको हो ।

खानेपानी सुचारु नहुँदा दुई गाविसका झन्डै चारसय घरधुरीका उपभोक्ता समस्यामा परेका छन् । अवरुद्ध खानेपानीको मर्मत सम्भार गरेता पनि बीचबीचमा पुनः जडान गरिएका पाइप फुटेपछि खानेपानी सञ्चालनमा ल्याउन नसकिएको मुसिकोट–बडागाँउ खानेपानी उपभोक्ता समितिका सचिव मदन घिमिरेले जानकारी दिए ।

साथै, फुटेका पाइपको मर्मत सम्भारको काम भइरहेको तर सञ्चालनमा ल्याउन अझै एक हप्ता लाग्नेसमेत घिमिरेले जानकारी दिए ।

यता खानेपानी सञ्चालन नहुँदा उपभोक्ताहरुलाई घर नजिक रहेका कुवा कुलेसा तथा खानेपानीका मुहानमा गई घन्टौँ लाइनमा बसेर खानेपानी लिनुपर्ने बाध्यता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment