+

दक्षिण अफ्रिकासँग श्रीलंका सुपर ओभरमा पराजित

२०७५ चैत  ६ गते ७:२७ २०७५ चैत ६ गते ७:२७
दक्षिण अफ्रिकासँग श्रीलंका सुपर ओभरमा पराजित

६ चैत, काठमाडौं । घरेलु टोली दक्षिण अफ्रिकासँग श्रीलंका टी-२० क्रिकेट सिरिजको पहिलो खेलमा सुपर ओभरमा पुगेर पराजित भएको छ ।

मंगलबार राति सुपर ओभरमा १५ रनको लक्ष्य पाएको श्रीलंकाले पाँच रन मात्रै बनाउन सक्यो । यो जीतसँगै दक्षिण अफ्रिकाले तीन खेलको टी-२० क्रिकेट सिरिजमा १-० को अग्रता बनाएको छ ।

जीत नजिक पुगेर पनि श्रीलंका पराजित भएको हो । श्रीलंकाले दिएको १३५ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३४ रन मात्रै बनाएपछि स्कोर बराबरी भएको थियो ।

दक्षिण अफ्रिकाका डेभिड मिलरले ४१ रनको योगदान दिएका थिए । बलिङतर्फ लासिथ मालिंगाले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १३४ रन बनाएको थियो । कमिन्दु मेन्दिसले ४१ रन बनाएका थिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय