+

राज्यको अभिभावकत्व र विश्वासले नयाँ ऊर्जा थपेको छ : पारस खड्का

२०८३ कात्तिक  ९ गते २२:१९ २०८३ कात्तिक ९ गते २२:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यान सचिव पारस खड्काले एनपीएल सिजन ३ को उद्घाटन समारोहमा सहभागी प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्री सस्मित पोखरेलसहित अतिथिप्रति आभार व्यक्त गरेका छन्।
  • बालेन्द्र शाहले सोमबार त्रिवि क्रिकेट मैदानमा पुगेर सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको तेस्रो संस्करण उद्घाटन गरेका थिए।
  • सोमबारदेखि सुरु भएको एनपीएलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै विजयी सुरुवात गरेको छ।

९ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा उपस्थित प्रधानमन्त्री बालेन्द्र शाह, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसहित सम्पूर्ण अतिथिप्रति आभार व्यक्त गरेका छन्।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को भव्य उद्घाटनपछि खड्काले नेपाली क्रिकेटप्रति राज्यले देखाएको अभिभावकत्व र विश्वासले नयाँ ऊर्जा र उत्साह थपेको बताएका हुन्।

प्रधानमन्त्री बालेन शाहले सोमबार त्रिवि क्रिकेट मैदानमा पुगेर प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले खेलाडीहरूसँग परिचय गरी म्याच रेफ्रीलाई बल हस्तान्तरण गरेका थिए ।

उनले नेपाली क्रिकेटलाई यो उचाइसम्म पुर्‍याउन सहयोग गर्ने क्यानका पदाधिकारी तथा सदस्य, फ्रेन्चाइज टोली, प्रायोजक र व्यवस्थापनमा संलग्न सबैलाई धन्यवाद दिएका छन्।

सम्पूर्ण नेपाली जनताले अपनत्व लिएको एनपीएल अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान र स्वाभिमानको प्रतीक बनेको उल्लेख गर्दै खड्काले प्रतियोगितामा सहभागी सबै टोलीलाई सफलताको शुभकामना दिएका छन्।

सोमबारदेखि सुरु भएको तेस्रो सिजनको एनपीएलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

एनपीएल २०२६ खेलकुदमन्त्री सस्मित पोखरेल पारस खड्का प्रधानमन्त्री बालेन शाह

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय