+

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

२०८३ कात्तिक  १० गते ६:२५ २०८३ कात्तिक १० गते ६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगअन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोजबीच मध्याह्न साढे १२ बजे त्रिवि क्रिकेट ग्राउण्डमा खेल हुँदैछ ।
  • साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।
  • कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गते समापन हुनेछ ।

१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ । यी दुईको खेल मध्याह्न साढे १२ बजे त्रिवि क्रिकेट ग्राउण्डमा हुने छ ।

साँझ पाँच बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।

हिजोको उदघाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई ७ विकेटले हराएको थियो ।

कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गते समापन हुनेछ ।

खेलको हिमालय स्पोर्टस्बाट प्रत्यक्ष प्रसारण हुनेछ । अनलाइनखबर डटकमले पनि बल बाई बल अपडेटसहित विशेष कभरेज गर्नेछ ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय