+

नेपालको खेल पर्यटन र पहिचान बढाउन एनपीएल बलियो आधार : मन्त्री पोखरेल

२०८३ कात्तिक  ९ गते २२:५९ २०८३ कात्तिक ९ गते २२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एनपीएललाई नेपालको खेल पर्यटन र अन्तर्राष्ट्रिय पहिचान बढाउने बलियो आधारका रूपमा लिएको बताए।
  • उद्घाटन समारोहमा देखिएको दर्शकको उत्साहले नेपाली खेलकुदको सम्भावना र भविष्यप्रति आशा जगाएको उनले बताए।
  • मन्त्री पोखरेलले विदेशी खेलाडी, कमेन्टेटर र अतिथिलाई स्वागत गर्दै नेपाली संस्कृति, प्राकृतिक सुन्दरता र आतिथ्यताको अनुभव लिएर जाने अपेक्षा व्यक्त गरे।

९ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) लाई नेपालको खेल पर्यटन र अन्तर्राष्ट्रिय पहिचान बढाउने बलियो आधारका रूपमा लिएको बताएका छन्।

एनपीएलको तेस्रो संस्करणको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित एनपीएलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

उद्घाटन समारोहमा देखिएको दर्शकको उत्साहले नेपाली खेलकुदको सम्भावना र भविष्यप्रति आशा जगाएको उनले बताए। खेलप्रेमीको समर्थनलाई नेपाली खेल क्षेत्रको विकास र अन्तर्राष्ट्रिय पहिचानसँग जोड्ने अवसरका रूपमा लिएको उनको भनाइ छ।

प्रतियोगिताका लागि नेपाल आएका विदेशी खेलाडी, कमेन्टेटर तथा अतिथिलाई स्वागत गर्दै मन्त्री पोखरेलले उनीहरूले नेपाली क्रिकेटसँगै नेपालको संस्कृति, प्राकृतिक सुन्दरता र आतिथ्यताको अनुभव लिएर जाने अपेक्षा व्यक्त गरे।

उनले प्रतियोगितामा सहभागी सबै टोली तथा खेलाडीलाई उत्कृष्ट र रोमाञ्चक प्रदर्शनका लागि शुभकामना पनि दिएका छन्।

एनपीएल २०२६ एनपीएल क्रिकेट खेलकुदमन्त्री सस्मित पोखरेल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय