+
+

जनकपुरमा चार बर्षीय बालकको हत्या

राजकमल सिंह राजकमल सिंह
२०७३ भदौ २० गते ११:२०

२० भदौ, जनकपुर । जनकपुरमा चार बर्षीय एक बालकको हत्या भएको छ ।

murderजनकपुर उपमहानगरपालिका २६ चोअर्वा निवासी प्रकाश यादवका ४ बर्षीय छोरा दिपक यादवको अपहरण गरी हत्या गरिएको अनुमान गरिएको छ ।

आइतबार दिउँसो १२ बजेदेखि दिपक बेपत्ता थिए । दिपक परिवाजनको सम्पर्कमा नआएपछि खोज तलास गदैं जाँदा उनको शव फेला परेको हो ।

गाउँमा चौठचन्द्र मनाइरहेका समयमा राति बालकको शव फेला परेको परिवारजनले जनाएको छ । बालकको हत्या गरेर शव फालेको हुन सक्ने प्रहरीको अनुमान छ । बालकको शव पोस्टमार्टमा लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ ।

बालक हत्या सम्बन्धमा अनुसन्धान भइरहेको धनुषाका डिएसपी मनोज यादवले जानकारी दिए । बालकको नाक र मुखबाट रगत आएको देखिएकाले पोस्टमार्टको रिपोर्ट आएपछि थप कुरा खुल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?