+
+

भूकम्पपीडितलाई चार लाख ५० हजार क्युफुट काठ वितरण

रासस रासस
२०७३ भदौ २१ गते ९:३०

wood-kath

२१ भदौ, काठमाडौं। वन विभागले भूकम्पपीडित १५ जिल्लाका जनतालाई चार लाख ५० हजार क्युफुट काठ वितरण गरेको छ ।

गत वर्ष वैशाख १२ गते गएको भूकम्पले क्षति पुर्‍याएको संरचनालाई पुनःनिर्माणका लागि विभागले उक्त परिणाममा काठ वितरण गरेको हो । भूकम्पले क्षति पुर्‍याएका ३१ जिल्लामध्ये १५ जिल्लाका केही बस्तीमा सो काठ वितरण गरिएको विभागका प्रवक्ता चन्द्रमान डङ्गोलले बताए ।

वितरण गरिएकामा गोरखा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा रामेछाप, ओखलढुङ्गा, सिन्धुली, मकवानपुर, सोलुखुम्बु, खोटाङ, चितवन, भोजपुर र अर्घाखाँची रहेका छन् भने कति पनि वितरण नगरिएका जिल्लामा तनहुँ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, स्याङ्जा, पाल्पा, गुल्मी, सङ्खुवासभा, धनकुटा, रसुवा, काठमाडौँ, भक्तपुर ,ललितपुर, नवलपरासी र म्याग्दी रहेका छन् ।

प्रवक्ता डङ्गोलले भूकम्पबाट क्षति घर र सम्पदाको पुनःनिर्माणमा पाँच करोड क्युफुट काठ आवश्यक पर्ने बताए ।  उनले भने, “एउटा घरमा आवश्यकता हेरेर ५० देखि ७० क्युफुट काठ वितरण गरेका छौँ ।”

विभागले पाँचवर्षमा सम्पूर्ण भूकम्पपीडित जनतालाई काठ पुर्‍याउने लक्ष्यअनुसार अहिलेसम्म २० हजार १६७ भूकम्पपीडित जनतालाई काठ वितरण गरेको हो ।

चैतदेखि वितरण सुरु गरेको विभागले जिल्ला वन कार्यालयको सहयोगमा उक्त काठ भूकम्पपीडित जनतासम्म पुर्‍याएको हो । वितरण गरिएको काठमध्ये ९० प्रतिशत सामुदायिक वनबाट र १० प्रतिशत टिम्बर कर्पोरेसनबाट रहेको विभागले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?