+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रौतहट राजपुरका दुई वडामा हैजा फैलियो

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०८१ असोज ६ गते १९:११

६ असोज, रौतहट। रौतहटको राजपुर नगरपालिकाको दुई वटा वडामा हैजा रोग फैलिएको छ । पछिल्लो तिन दिनमा राजपुर नगरपालिकाको वडा नम्बर ३ र ४ मा हैजाको लक्षणसहितका बिरामीको संख्या ६२ पुगेको छ ।

३ असोजदेखि देखापरेको झाडापाखाला हैजाको लक्षण देखिएका ६२ भन्दा बढी बिरामीहरु प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा उपचार गराउन आएको राजपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खुर्सिद आलमले बताए ।

असोज ४ मा उपचार गराउन आएका १६ बिरामीमध्ये १२ जनामा हैजाको जीवाणु फेला परेको उनले बताए । ‘प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परिक्षणका लागी पठाइएको नमुनामा हैजाको जीवाणु फेला परेको हो’, स्वास्थ्य शाखाका प्रमुख आलमले भने, ‘हैजा कुन माध्यमबाट फैलिएको हो भन्ने पुष्टी भएको छैन ।’

खानेपानीका माध्यमबाट हैजा फैलिएको आशंका भए पनि सो को पुष्टी हुन नसकेको र पानीमा हैजाको जीवाणु परीक्षणको लागि पठाए पनि अहिलेसम्म सो को नतिजा नआएको आलमले बताए ।

सो प्राथमिक स्वास्थ्य केन्द्रमा हालसम्म आएका ६२ बिरामीमध्ये ४० जना उपचार पछि घर फर्किएका छन् भने २२ जनाको उपचार जारी रहेको छ । समुदायस्तरमा हैजा फैलिएपछि सो क्षेत्रमा धाराबाट खानेपानी वितरण बन्द गरिएको छ भने जिल्ला प्रशासन कार्यालय रौतहटले सो अत्यावश्यक सेवा बाहेकका सवारी आवतजावतमा बन्देज लगाएको छ । हैजा फैलिएको सो क्षेत्रमा माछामासु ओसार पसार तथा बिक्री समेत निषेध गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

राजपुरमा हैजाको संक्रमण फैलिन थालेपछि नगरपालिकाले संघीय सरकार, मधेश प्रदेश सरकार तथा सरोकारवाला सबैलाई हैजा नियन्त्रण्मा सहयोगको अपील गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?