+
+
Shares

कीर्तिपुर हत्या घटना : प्रहरीले गोली चलाएर पक्राउ गरेका मुख्य अभियुक्त अस्पताल भर्ना

पक्राउपछि घाइते अवस्थामा रहेका शाहीलाई प्रहरीले बल्खुको बयोधा अस्पतालमा लगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते २०:१२

३१ वैशाख, काठमाडौं । कीर्तिपुरमा दिउँसै विपिन घिमिरेको हत्या घटनाका मुख्य अभियुक्तलाई पक्राउपछि अस्पताल लगिएको छ । मुख्य अभियुक्त सुजन शाहीलाई प्रहरीले बिहीबार गोली चलाएर पक्राउ गरेको थियो ।

प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनी फरार हुन खोजेका थिए । त्यसपछि प्रहरीले घुँडामुनि गोली हानेर पक्राउ गरेको हो । पक्राउपछि घाइते अवस्थामा रहेका शाहीलाई प्रहरीले बल्खुको बयोधा अस्पतालमा लगेको छ ।

यसअघि विपिनको हत्या घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । त्यो बेला अछामको साँफेबगर नगरपालिका–४ घर भई कीर्तिपुर नगरपालिका–९ भाजंगल बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलालीको बर्दगोरिया गाउँपालिका–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रवीन्द्र धामी र कैलालीकै घोडाघोडी नगरपालिका–१ घर भई कीर्तिपुर नगरपालिका–८ सिनेमा हल बस्ने २२ वर्षीय रोशन बिष्ट पक्राउ परेका थिए ।

यो समूहले २३ वैशाखमा दिउँसो साढे २ बजेतिर कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा गुल्मीको धुर्कोट नगरपालिका–७ घर भई कीर्तिपुर ढल्पा बस्ने २२ वर्षीय विपिन घिमिरेको हत्या गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?