+
+
Shares

कीर्तिपुरमा दिउँसै युवक हत्या घटना : प्रहरीले गोली चलाएर समात्यो मुख्य अभियुक्त

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विपिन घिमिरे हत्याका मुख्य अभियुक्त सुजन शाहीलाई गोली चलाएर पक्राउ गरेको हो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ वैशाख ३१ गते १९:२८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्तिपुरमा दिउँसो एक युवक विपिन घिमिरेको हत्या गरेको मुख्य अभियुक्त सुजन शाहीलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ।
  • प्रहरीले २३ वैशाखमा तीन जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ।
  • हत्या घटनामा संलग्न समूहमा साथी–साथीबीच विवादपछि धारिलो हतियार प्रहार गरेर विपिन घिमिरेको हत्या भएको प्रहरीले जनाएको छ।

३१ वैशाख, काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरेको घटनाका मुख्य अभियुक्तलाई प्रहरीलाई गोली चलाएर पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विपिन घिमिरे हत्याका मुख्य अभियुक्त सुजन शाहीलाई गोली चलाएर पक्राउ गरेको हो ।

प्रहरीले नियन्त्रणमा लिने क्रममा फरार भएका उनलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । गोली प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि पठाइएको छ ।

यो घटनामा संलग्न भएको आरोपमा यसअघि प्रहरी वृत्त कीर्तिपुरको टोलीले २३ वैशाखमा तीन जनालाई पक्राउ गरेको थियो । त्यतिबेला अछामको साँफेबगर नगरपालिका–४ घर भई कीर्तिपुर नगरपालिका–९ भाजंगल बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलालीको बर्दगोरिया गाउँपालिका–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रवीन्द्र धामी र कैलालीकै घोडाघोडी नगरपालिका–१ घर भई कीर्तिपुर नगरपालिका–८ सिनेमा हल बस्ने २२ वर्षीय रोशन बिष्ट पक्राउ परेका थिए ।

उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यानको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । तर हत्याका मुख्य अभियुक्त शाही भने घटना लगत्तै फरार थिए । उनी खोजीगरिहेको प्रहरीले टोखा एरियामा फेला पारेपछि नियन्त्रण लिन खोज्दा उनी फरार भएका थिए ।

यो समूहले २३ वैशाखमा दिउँसो साढे २ बजेतिर कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा गुल्मीको धुर्कोट नगरपालिका–७ घर भई कीर्तिपुर ढल्पा बस्ने २२ वर्षीय विपिन घिमिरेको हत्या गरेको आरोप छ ।

धारिलो हतियार हतियार प्रहारपछि घिमिरे भुईंमै ढलेका थिए । कीर्तिपुर अस्पताल पु¥याइएकोमा चिकित्कसले उनलाई मृत घोषणा गरेका थिए ।

हत्या गर्ने र मारिने साथी–साथी रहेको प्रहरीको भनाइ छ । उनीहरूबीच विवाद बढेपछि धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो ।

घटनास्थलको सीसीक्यामेरा फुटेजमा ६ जनाको समूह देखिन्छ । तीमध्ये एक जना (विपिन)को हत्या हुन्छ । घटनास्थलमा हुनेहरूमा केही दिनअघि मात्रै हिरासतबाट छुटेका व्यक्ति समेत देखिएको प्रहरीले बताएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?