+
+
Shares

रास्वपासँग रामेश्वर खनालको प्रश्न- गालीगलौजमा उत्रने जत्था किन पाल्नुपर्‍यो ?

अरिङ्गाल जत्था खडा गरेर अपार बहुमतको शासन चलाउने प्रयत्न यसअघि पनि भएको भन्दै उनले स्मरण गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १९:३८

३१ वैशाख, काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले व्यक्तिगत विचार व्यक्त गर्दा गालीगलौजमा उत्रने जत्था नपाल्न रास्वपा नेताहरूसँग आग्रह गरेका छन् ।

बिहीबार फेसबुकमार्फत उनले जनताको अद्भूत विश्वास भएका नेताले त्यस्ता कार्यकर्ता किन पाल्नुपरेको भन्दै प्रश्न गरेका छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीमा केही असल, चरित्रवान मित्रहरू हुनुहुन्छ । जनताको अद्भूत विश्वास छ,’ खनालले लेखेका छन्, ‘तर, स्वतन्त्र व्यक्तिले समसामयिक विचार व्यक्त गर्दा पनि जथाभावी व्यक्तिगत गाली गर्न तम्सिने जत्था किन पाल्नु पर्‍यो ?’

अरिङ्गाल जत्था खडा गरेर अपार बहुमतको शासन चलाउने प्रयत्न यसअघि पनि भएको भन्दै उनले स्मरण गराएका छन् ।

‘यस्तो प्रयत्न ठीक होइन । केही समय चल्ला, त्यसपछि मानिस निराश हुनेछन् । कृपया व्यक्तिगत गालीगलौजमा उत्रिने जत्थालाई निरस्त्र गर्नुहोस्,’ उनले भनेका छन् ।

असल विचारहरूले नै समाज विकास हुने बताउँदै खनालले गालीगलौजको दानवी चरित्रले नहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?