+
+
Shares

वन क्षेत्रलाई अर्थतन्त्रको मुख्य खम्बा बनाउनुपर्छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री रामेश्वर खनालले वन क्षेत्रलाई नेपालको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
  • उनले वन मन्त्रालय र उद्योग वाणिज्य मन्त्रालयबीच काठ उद्योगलाई बढावा दिने सहमति भइसकेको जानकारी दिए।
  • खनालले वन क्षेत्रले वैदेशिक मुद्रा, राष्ट्रिय आय र राजश्वमा ठूलो योगदान पुर्‍याएको बताए।

६ चैत, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा वन क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै यसलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार संघीय संसद भवनको प्राङ्गणमा वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै उनले वन क्षेत्रलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका हुन् ।

मन्त्री खनालले मन्त्रालयमा हुँदा वन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्‍याउन सक्ने योगदानबारे नजिकबाट बुझ्ने अवसर पाएको बताए ।

वन क्षेत्रको योगदानलाई अगाडि बढाउन सरकारले आधा दर्जनभन्दा बढी महत्त्वपूर्ण कदमहरू चालिसकेको जानकारी दिए ।

नेपालको पर्यटन क्षेत्रबाट हुने आम्दानीको ठूलो हिस्सा वन क्षेत्रकै कारण प्राप्त हुने मन्त्री खनालको भनाइ छ ।

नेपालका ट्रेकिङ रुटहरूमा विदेशी पर्यटकहरू जानुको मुख्य कारण पनि यहाँको वन र प्राकृतिक सौन्दर्य नै रहेको उनले बताए ।

उनले नेपाललाई विश्वमा चिनाउन ‘बायोस्फेयर रिजर्भ’ घोषणा गर्न सकिने थुप्रै क्षेत्रहरू रहेको र यस विषयमा वन मन्त्रालयका अधिकारीहरूसँग छलफल भइरहेको समेत बताए ।

उनले भने, ‘वन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सहकार्य गरेर नेपाली काठ उद्योगमा आधारित उद्योगहरूलाई बढावा दिने साझा सहमति भइसकेको छ । यसलाई कार्यान्वयनको पक्षमा पनि केही गृहकार्य हुँदैछ । वाइल्डलाइफ टुरिजम पूर्णतः वन क्षेत्रकै योगदानको कारणले हो । वन मन्त्रालयबाट पुग्ने योगदानकै कारणले हामीले ठूलो मात्रामा वैदेशिक मुद्रा, राष्ट्रिय आय र राजश्व प्राप्त गर्दछौं ।’

मन्त्री खनालले वनको क्षेत्रफल बढेकोमा मात्र खुसी नभई, त्यस अनुरूप मुलुकको अर्थतन्त्रमा वनलाई क्षति नपुग्ने गरी कसरी योगदान पुर्‍याउन सकिन्छ भन्ने विषयमा आगामी कार्यक्रम र नीतिहरू निर्देशित हुनुपर्नेमा जोड दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?