+
+
Shares

चुनावलाई मितव्ययी बनाउनुपर्छ : अर्थमन्त्री

रासस रासस
२०८२ माघ ४ गते १४:५७
फाइल तस्वीर

४ माघ, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड दिएका छन् ।

निर्वाचन आयोगका पदाधिकारीसँग आइतबार भएको छलफलमा कमभन्दा कम खर्चमा चुनाव सम्पन्न हुनुपर्नेमा उनले जोड दिए ।

यद्यपि उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक स्रोतसाधन जुटाउने प्रतिबद्धता जनाए ।

अर्थमन्त्री खनालले सरकारको ध्यान निर्वाचनमा केन्द्रित भएको र आयोग त्यसमा अहारात्र खटेकामा सबै पदाधिकारी र कर्मचारीको सराहना गरे ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यथाशीघ्र निर्वाचन आचारसंहिता लागु हुने जानकारी दिँदै त्यससम्बन्धमा मन्त्रिपरिषद् र उच्च पदस्थ अधिकारीहरुलाई अवगत गराइने बताए ।

त्यस अवसरमा आयुक्तद्वय सगुनशम्शेर जबरा र जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत आयोगका उच्च अधिकारीले अर्थमन्त्री खनाललाई निर्वाचन तयारीबारे गराए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?