+
+
Shares

सही तथ्यांकले मात्रै असल नीति निर्माण गर्न सकिन्छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १५:४३
फाइल तस्वीर

२५ पुस, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सही तथ्यांकले नै असल नीति निर्माण सकिने बताएका छन् ।

शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले नेशनल ट्रान्सफर एकाउण्ट प्रतिवेदन सार्वजनिक गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले केही समयभित्रै स्थानीय तहमा मानव विकास सूचकांक प्रतिवेदन तयार पार्ने बताए । त्यसले नीति निर्माणलाई वैज्ञानिक र समयसान्दर्भिक बनाउने उनको विश्वास छ ।

मानव विकास सूचकांकले प्रशासकीय विकासमा फाइदा पुर्‍याउने उनले बताए । तथ्यांक संकलनका लागि नेपाल सरकारकै बजेटबाट पूर्ण रूपमा तथ्यांक कार्यालयले मागे बमोमिको बजेट विनियोजन हुने पनि विश्वास व्यक्त गरे ।

औद्योगिक विकासका लागि नीति निर्माण गर्न पनि तथ्यांकहरूको भूमिका महत्त्वपूर्ण हुने उनले बताए ।

उनले भने, ‘तथ्यांकहरू भएन भने हामी असल नीति निर्माण गर्न सक्दैनौँ । केही समय पछि एचडीआई निकाल्दैछौँ । गाउँपालिका, नगरपालिका तहमा निकाल्न सक्यो भने वैज्ञानिक हुनसक्छ । प्रशासकीय विकासमा यसले राम्रो गर्छ । ती नीतिहरू निर्माण गर्नको निमित्त फाइदाजनक हुन्छ । यसका लागि राष्ट्रिय तथ्यांक कार्यालयलाई सहयोग गर्न सरकार तयार छ ।’

उनले राष्ट्रिय महत्त्वका नीति निर्माण गर्न यस किसिमका तथ्यांकहरूको महत्त्वपूर्ण भूमिका हुने बताए । आवश्यक तथ्यांकहरू नेपाल आफैँ आत्मनिर्भर भएर निकाल्नुपर्नेमा उनको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?